प्रेस विज्ञप्ति
| नेकपा (एमाले) को नवौ पोलिटव्यूरो बैठक |
|
|
|
| Written by New Editor |
| Friday, 10 February 2012 15:18 |
|
नेकपा (एमाले) को नवौ पोलिटव्यूरो बैठक नेकपा (एमाले) पोलिटव्यूरोको नवौ बैठक पार्टी अध्यक्ष कारेड झलनाथ खनालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्यो । आजको बैठकमा राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा प्रस्तुत गर्नको लागि तयार भएको राजनीतिक प्रतिवेदनको सम्बन्धमा छलफल शुरु भयो । उक्त प्रतिवेदनमाथि कमरेडहरु मुकुन्द न्यौपाने, काशीनाथ अधिकारी, प्रकाश ज्वाला, नागेन्द्र चौधरी, बेदुराम भुसाल, राजेन्द्र प्रसाद पाण्डे, रामचन्द्र झा, प्रदीप ज्ञावाली, विजय सुव्वा, अरुण नेपाल, खगराज अधिकारी, डा. पुष्प कँडेल, सुरेन्द्र पाण्डे र विष्णु रिमालले आ–आफ्नो विचार ब्यक्त गर्नुभयो । आजको बैठकले केन्द्रीय कमिटीको बैठक आगामी फागुन ३,४ र ५ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने निर्णय ग¥यो । बैठकले निम्न प्रस्ताव पारित ग¥यो – प्रस्ताव : सिराहा जिल्लाका विभिन्न भागमा विगत केही समययता घटेका हत्या, डकैती र अपहरुणका घटनाका दोषीहरुलाई कार्वाही गर्नुपर्ने माग तथा अपराधीलाई संरक्षण गर्ने प्रहरी प्रशासनको क्रियाकलापको तथा मलखादा, बिउविजन लगायतका किसानहरुले बेहोर्नु परेका समस्याका सन्दर्भमा राज्यको ध्यानाकर्षण गर्न आयेजना गरिएको शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरी प्रशासनले गरेको हस्तक्षेपले पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त दमनमा दर्जनौ आन्दोलनकारी घाइते भएका छन् र घाइते हुनुभएका क. रामस्वरुप पासवानको उपचारका क्रममा निधन भएको छ । यो बैठक, उक्त आनदोलनका क्रममा शहादत प्राप्त गर्नुहुने कमरेड रामस्वरुप पासवानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी निम्न निर्णय गर्दछ – १) लक्ष्मीनियाको हत्या र बेल्हाको डाँका काण्डका दोषीहरु उपर कडा कार्वाहीका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । २) बेल्हा डाँका काण्डको मृतक परिवारलाई राहत स्वरुप रु १० लाख क्षतिपूर्ति उपलब्ध गराईनुपर्छ । ३) शान्तिपूर्ण धर्नामा दमन गरी आन्दोलनकारीको हत्या गर्ने र अपराधलाई प्रोत्साहित गर्ने स्थानीय प्रहरी प्रशासनको रवैयाप्रति पार्टी खेद ब्यक्त गर्दछ । उक्त हत्याकाण्डको छानविन गर्न तथा मृतकका परिवारलाई उचित राहत प्रदान गर्न नेपाल सरकार समक्ष माग गर्दछ । ४) शान्तिपूर्ण ढंङ्गले जिल्ला प्रशासनमा धर्नामा बसेकाहरुमाथि प्रहरीले लाठी चर्ज गर्दा घाइते भएका रामस्वरुप पासवानको मृत्यु भएको हुँदा निजलाई सहिद घोषणा गरी क्षतिपूर्ति वापत रकम उपलब्ध गराउनुपर्छ । ५) विभिन्न हत्याकाण्ड, अपहरुण संलग्न शान्तिपूर्ण धर्नामा बसेकाहरुमाथि निर्मम दमन गर्ने प्रहरी प्रहरी प्रमुखहरु एस, पी, राजेशलाल कर्ण र डि. एस. पि. जयराम सापकोटामाथी अविलम्ब कानुनी कार्वाही गराइनुपर्छ । पार्टी पोलिटब्यूरोको बैठक माघ २९ गते विहान ११ बजे पुनः बस्ने गरी आज स्थगित भयो । केन्द्रीय सचिवालय
चन्द्र तामाङसचिव युवराज ज्ञावाली २०६७।१०।२७ |
| Last Updated on Friday, 10 February 2012 15:24 |




