अध्यक्ष खनालसँग भारतीय राजदुत जयन्तप्रसाद र अखिलेश्वर मिश्रा बीच भेटवार्ता PDF Print E-mail
Written by Administrator   
Sunday, 29 April 2012 02:37

बैशाख ६, काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष एबंम पुर्ब प्रधानमन्त्री झलनाथ खनालसंग  नेपालका लागि भारतीय राजदुत जयन्तप्रसाद  र  भारतीय बिदेश मन्त्रालयका नर्थ डिभिजन प्रमुख अखिलेश्वर मिश्राबिच भेटवार्ता भएको  छ ।
आज साँझ ६ बजे अध्यक्ष खनालको  निबास डल्लुमा करिब ४५ मिनेट भएको भेटमा  सेना समायोजनको आधारभुत काम सकिए पछिको अबस्था र संबिधान निर्माणमा  भएको प्रगतीका बिषयमा कुराकानी भएको  उहाँका स्वकिय सचिब रामबाबु अधिकारीले जानकारी दिनुभयो ।
भेटमा राजदुत  प्रसाद र  मिश्राले  शान्ति प्रक्रियाको महत्वपूर्ण कार्य सेना समायोजन सम्बन्धी आधारभुत विषय टुङग्याउँने सम्बन्धमा दलहरुवीच सहमती भएकोमा बधाई ज्ञापन गर्दै जारी शान्ति प्रक्रिया र  नयाँ संबिधान निर्माण  निर्धारित समयमै पुरा गर्न तपाईहरुलाई थप सफलता मिलोस् भन्ने कामना समेत गर्नुभयो । 
उहाँहरुको जिज्ञासामा अध्यक्ष खनालले   पछिल्लो हात्तिबन बैठकले दलहरुबिच रहेका  मतभिन्नताहरुलाई  साँघु¥याउने काम गरेको भन्दै संविधान निर्माणका लागि विदादित ५ वुँदाहरुमा सहमतीका लागि वाताबरण  तयार भएको बताउनुभयो ।  उहाँले  शान्ति र संबिधान निर्माणको काम जेठ १४ मै  पुरा हुनेमा आफु  बिश्वस्त रहेको  भन्दै  शान्ति र संबिधान निर्माणपछि नेपालको  पहिलो  प्राथमिकता  आर्थिक क्षेत्रको रुपान्तरण हुने  बताउनुभयो । अध्यक्ष खनालले यसका लागि ठुलो अर्थतन्त्र भएका  दुई छिमेकि  भारत र चिनको सहयोग नेपालका  लागि  आबश्यक रहेकोमा जोड दिनुभयो । सो भेटमा राजदूत महोदयले नेपालको आर्थिक विकासका लागि भारतले सक्दो सहयोग गर्न सधै तत्पर रहेको वताउनुभयो ।
भेटको क्रममा उहाँहरु वीच नेपालको सबैभन्दा पुरानो  बिर अस्पतालको परिसरमा रहेको ट्रमा सेन्टरको संचालन, जयनगर – बर्दिबास रेलवे सेवा बिस्तार लगाएतका बिषयमा समेत छलफल भएको थियो ।