कृतिहरू PDF Print E-mail
झलनाथ खनाल आज आएर राजनैतिक क्षेत्रमा सुपरिचित नाम बनेको भए पनि उनको सार्वजनिक जीवनको सुरूवात साहित्य क्षेत्रबाट भएको थियो । यसैले उनको साहित्यिक यात्रा राजनैतिक यात्राभन्दा लामो रहेको पाइन्छ । उनले वि.सं २०१९ र २० तिरबाट नै फुटकर कविता लेखेर आफ्नो साहित्यिक यात्रा सुरु गरेका थिए । उनको यो यात्रा आज साढे चार दशकभन्दा लामो बनिसकेको छ भने यसबीचमा उनले कविता विधाका अतिरिक्त यसकै उपविधा गीत, त्यस्तै वैचारिक निबन्ध, संस्मरण तथा परिवेश र सन्दर्भ अनुसारका लेखहरूसमेत लेखेर कवितासङ्ग्रह गीतिएल्वम, निबन्धात्मक तथा वैचारिक लेखहरूका पुस्तकाकार कृतिहरू पाठकरश्रोतामाझ ल्याएका छन् । यसका साथै विभिन्न पत्रपत्रिकाहरूमा निबन्धात्मक र वैचारिक र दार्शनिक लेखहरू पनि प्रकाशित भएका छन् । उनका प्रकाशित कृतिहरू निम्नानुसार रहेका छन् –

शताब्दिको पहिलो बिहानी  कविता सङग्रह

प्रथम प्रकाशन/ संस्करण : २०५९, 
प्रकाशक : कञ्चनजङघा प्रकाशन, काठमाडौं 
मुद्रक  कञ्चन प्रिन्टिङ प्रेस, बागबजार
मुद्रित : प्रति  १०००
Jhalnath Khanal Books
अन्तराष्ट्रिवाद कि नवट्राटस्कीपंथी पुच्छरवाद 

प्रथम प्रकाशन/संस्करण  २०४२
प्रकाशक : युगबोध प्रकाशन, नेपाल
मुद्रक : विकल्प प्रेस, पटना 

मुद्रित  प्रति : दुई हजार
Jhalnath Khanal book
हामीले संसदमा गएर के गर्यौ

प्रथम प्रकाशन/संस्करण : २०५१
प्रकाशक : ईलाम प्रगतिशील समाज, काठमाण्डौ
मुद्रित प्रति : पाँच हजार
Jhalnath Khanal Books
  समसामयिक लेख माला ५ फागुन २०५८

प्रकाशक : नेपाल समसामयिक अध्ययन केन्द्र, सानेपा, ललितपुर ।
प्रथम पटक प्रकाशित  : फागुन २०५८
Jhalnath Khanal book4
लोकतान्त्रिक नेपालको मार्गचित्र
प्रथम प्रकाशन /संस्करण : अक्टुबर, २००५
प्रकाशक : नवयुग प्रकाशन मुद्रत : नवयुग प्रकाशन छापाखाना, मदननगर
मुद्रित प्रति : तीन हजार
Jhalnath Khanal Books


कृतिहरू :

१. वर्तमान कम्युनिष्ट आन्दोलन शिर्षकमा दुई लेख सन् १९८६
२. चुनावी अभियानअन्तरगत लेखहरू सन् १९८६
३. पञ्चायती प्रतिनिधि सँस्था र उत्तर जनशक्ति सन् १९८६
४. नेपाली समाज र क्रान्तिको विषयमा कयौँ वहस तथा विवाद सन् १९८५
५. भुराजनीति र नेपाल सन् १९८४ देखि १९८५
६. अन्तराष्ट्रियवाद र नियो त्रोत्क्सीजम, सन् १९८३
७. नेपालमा कम्युनिष्ट आन्दोलनको विषयमा दुई महत्वपूर्ण दस्तावेज (सन् १९८९)
८. शताव्दिको पहिलो विहानीमा (सन् १९५० देखि २००२ सम्म लेखिएका कविताको छनौट कृति)।
९. समाजदावी नेपालको लागि मार्गदिशा, सन् २००६
१०. समाजवादी जनवाद : राष्ट्रको एउटा साझा उद्देश्य, सन् २००७
११. विभिन्न सैद्धान्तिक लेखहरू, सन् १९८० देखिको दशकमा तत्कालिन (माले) मा रहँदा वर्गसङ्घर्ष र स्वतन्त्रताको आन्दोलनको विषयमा।
१२. नेकपा एमालेको केन्द्रीय राजनीतिमा रहँदा विविध राजनीतिक तथा सैद्धान्तिक लेख तथा आलोचना विभिन्न नेपाली साप्ताहिक पत्रिकामा प्रकाशित। जस्तै – छलफल, प्रकाश, नवयुग, चित्रण, दृष्टि।